बुधबार, असोज ८, २०८२

टियागो इभीको बुकिङ खुल्यो

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङले बहुप्रतिक्षित टियागो इभीको बुकिङ सुरू गरेको छ।

Kumaribank

इच्छुक ग्राहकहरूले मोबाइल वा कम्प्युटरबाट टाटा मोटर्सको वेबसाइटमा गई नाम दर्ता गराएर वा नेपालभर रहेको टाटा मोटर्सको सोरुमहरूमा गएर बुकिङ गर्न सक्नेछन्।

टाटा टियागो इभी यहि मंगलबारबाट सुरू हुन गइरहेको १५औं टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित 'नाडा अटो शो २०२३' मा विशेष कार्यक्रममा आकर्षक सुरुवाती मूल्य सहित सार्वजनिक गर्ने जानकारी दिइएको छ।

ग्राहकहरूले गाडीको अवलोकन तथा टेस्ट ड्राइभको लागि नाडा अटो शोमा टाटा मोटर्सको स्टल नम्बर ए३ मा वा नेपालभर रहेका सिप्रदीका टाटा मोटर्स सोरुम जान सक्नेछन्।

नेपालमा सबैभन्दा धेरै भेरियन्टका विद्युतीय गाडी टाटा मोटर्सले बिक्री गर्दै आएको छ। टाटा टियागो इभी भारतमा ह्याचब्याक सेगमेन्टको पहिलो सबैभन्दा रुचाइएको इभी हो। जुन भारतीय इभी मार्केटमा छोटो समयमा सबैभन्दा धेरै बुकिङ हुने गाडीमा रहेको कम्पनीको भनाइ छ।

Metro Mart

नेपाली ग्राहकहरूको बदलिदो आकांक्षा एवम् जीवनशैलीसँग मेल खाने यस गाडीले विशेष गरी युवावर्गहरूमा थप उत्साह र इभी प्रयोगमा थप वृद्धि गराउने कम्पनीको आशा छ।

नेपालमा टाटा टियागो इभी ५ वटा भेरियन्ट सहित ४ वटा रङमा उपलब्ध हुनेछन्। गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोड सहित अटोमेटिक ड्राइभ सिस्टम छ।

सिसीएस–२ चार्जिङ सिस्टम रहेको गाडीको एमइडिसी रेञ्ज ३१५ किमी भनिएको छ भने नेपाली बाटोमा २५० किमीसम्मको रेन्ज दिने अनुमान गरिएको छ।

 

प्रकाशित: Sep 13, 2023| 17:26 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्