सोमबार, असार १६, २०८२

टेकुमा रोयल इनफिल्डको नयाँ शोरुम

 |  बुधबार, भदौ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

vianetvianet

रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले टेकुमा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ।

मंगलबार विशेष कार्यक्रमकाबीच समुद्घघाटन गरि शोरुम सञ्चालनमा ल्याइएको हो। शोरुमबाट बाइक, राइडिंग गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्रि तथा बिक्रि पछाडिका सेवाको व्यवस्था रहेको कम्पनीले जनाएको छ।

सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण गर्दै आइरहेको रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो।


अल्फा अटोमोटिभ प्रालिले आफ्नो एवं डिलर समेत गरि कम्पनी मापदण्डका हाल १८ वटा (टेकु, नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान , इटहरी, बिर्तामोड, दमक, टाडी, सुर्खेत, भक्तपुर, राजविराज, जनकपुर, हेटौडा, नारायणगढ, दाङ र नेपालगंज) शोरुम सञ्चालन गरिरहेको छ।

थप तीन वटा (वीरगंज, विराटनगर र धनगढी)मा नयाँ शाेरुम सञ्चालनको तयारी भइरहेको कम्पनीले जनाएको छ।

अल्फा अटोमोटिभ प्रालि त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी हो। त्रिवेणी ग्रुपले उत्पादनमुलक उद्योग व्यवसाय, बैंकिङ, बीमा एवं सर्भिस सेक्टरमा काम गरिरहेको छ।

 

प्रकाशित: Sep 13, 2023| 17:25 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्