मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबिच सम्झौता

सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबिच सम्झौता

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सम्झौता भएको छ।

National life

कम्पनीबीच टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको हो।

सिप्रदी अटोपार्टस् प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप केसीले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौताको पहिलो चरणमा काठमाडौंका चार खुद्रा व्यापारी, श्रेया मोटर पार्टस्, बिजेता अटो पार्टस्, कालीदेवी सेतीदेवी मोटर पार्टस् र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइएको छ।

सो सफ्टवेयर प्रयोग गरेर खुद्रा विक्रेताहरूले खाता र स्टक व्यवस्थापन गर्न मद्दत प्राप्त गर्ने छन। यो सफ्टवेयर खुद्रा विक्रेताको लागी व्यापार वृद्धि र व्यवस्थापनको लागी माइलस्टोन हुने कम्पनीको विश्वास छ।

 

प्रकाशित: Sep 13, 2023| 17:21 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्