शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एउटै समूहले ६० किलो ल्याउनुअघि ३०२ किलो सुन भित्र्याइसकेको पुष्टि

सुन तस्करी प्रकरण

एउटै समूहले ६० किलो ल्याउनुअघि ३०२ किलो सुन भित्र्याइसकेको पुष्टि

सुन तस्करीमा नेपाली, भारतीय र चिनियाँ नागरिक पनि संलग्न भएकाले अन्तरदेशीय संगठित अपराध देखिएको सीआईबीको निष्कर्ष।
 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

काठमाडौं– त्रिभुवन विमानस्थलबाट ६० किलो सुन तस्करी प्रकरणमा छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५० जनालाई प्रतिवादी बनाउँदै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ।

National life

आज आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख एआईजी किरण वज्राचार्यले ३ साउनमा त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजस्व अनुसन्धान टोलीले बरामद गरेको ६० केजी सुन तस्करी हुनुअघि सोही समूहले ३०२ केजी सोही रुटमार्फत भित्र्याएको छानबिनले देखाएको बताइन्।

सुन तस्करीमा नेपाली, भारतीय र चिनियाँ नागरिक पनि संलग्न भएकाले अन्तरदेशीय संगठित अपराध देखिएको उनको भनाइ छ। तस्करीमा संलग्न रहेकाले ३६२ किलो सुन ३ साउनअघि नै ल्याइसकेको देखिएको उनले जानकारी दिइन्।

ब्रेक प्याडबाटै ३०२ किलो सुन तस्करी भएको प्रारम्भिक छानबिनले देखाएको उनको भनाइ छ। ‘३ साउनमा बरामद ६० किलोबाहेक रेडीलिंक कम्पनीको नाममा अरू ३०२ किलो सुन पनि तस्करी भएको देखियो। साढे ३ अर्ब बिगो दाबीसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझायौं।’

सुन तस्करीमा संलग्नलाई विभिन्न ७ कसुरमा मुद्दा चलाउन मिल्ने प्रतिवेदन सीआईबीले दिएको छ।

प्रकाशित: Sep 13, 2023| 14:16 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्