शनिबार, वैशाख २६, २०८३

सुन तस्करी प्रकरण

सीआईबीका ४२ जनशक्ति परिचालन, ३५ दिनसम्म दैनिक १८ घन्टा अनुसन्धान

६० किलो सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ परेका ३२ जनामध्ये २३ नेपाली र ९ विदेशी नागरिक। 
 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०


काठमाडौं– ३ साउनमा त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० केजी अवैध सुन छानबिन जिम्मा पाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो((सीआईबी)ले आज सरकारी वकिलको कार्यालय काठमाडौंमा अन्तिम प्रतिवेदन बुझाएको छ।

National life

सीआईबीले सुन तस्करी प्रकरण छानबिनका लागि ३५ दिन समय र ४२ जना जनशक्ति परिचालन गरेको आज आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख एआईजी किरण वज्राचार्यले बताइन्।

६० किलो सुन तस्करी प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेका छन्। यीमध्ये २३ नेपाली र ९ विदेशी छन्। फरार रहेका १८ जनामध्ये १४ विदेशी ४ नेपाली छन्। तस्करी सुन अनुसन्धानमा तीन टोली बनाएर अधिकृतहरू खटिएको प्रहरीले जनाएको छ।

पत्रकार सम्मेलनमा एआईजी एवं सीआईबी प्रमुख वज्राचार्यले प्रहरीको  ४२ जनाको टोलीले दैनिक १८ घन्टासम्म काम गरेर ३५ दिन लगाएर अनुसन्धान गरेको जानकारी दिइन्। ‘फस्ट टेक्निकल टिम, एक्स्पोर्ट टिम र इन्गेस्टिभ टिम बनाइएको थियो। ती टोलीले दैनिक १८ घन्टासम्म काम गरेका थिए’, उनले भनिन्।

प्रकाशित: Sep 13, 2023| 13:49 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्