शनिबार, वैशाख २६, २०८३

शेखर कोइरालाले खोजे कांग्रेसभित्र बहुपदीय नेतृत्वको विकल्प

सभापति देउवा र महामन्त्रीद्वय एउटै कित्तामा अटाए मात्रै कांग्रेस चल्ने उनको धारणा।
 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

काठमाडौं– कांग्रेस नेता शेखर कोइरालाले पार्टी संगठनलाई मजबुत बनाउन सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा अनि गगन थापा एउटै ध्रुवमा आउनुपर्ने सुझाव दिएका छन्। सभापति र महामन्त्रीद्वय छुट्टै खेमातिर लागेकाले पार्टी सञ्चालनमा समस्या भएको उनले औंल्याएका हुन्।

National life

आज काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रममा कोइरालाले पार्टीमा बहुपदीय नेतृत्वबारे सोच्नुपर्ने बेला आएको दाबी गरेका हुन्। उनले भने, ‘अहिले कांग्रेस सभापति शेरबहादुरजी र दुई महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ। सभापति र महामन्त्री यसरी बाँडिँदा कसरी चल्छ कांग्रेस। यसबारे गम्भीर भएर सोच्ने बेला आयो।’

कांग्रेसमा सभापतीय प्रणाली अँगालेको भए सोहीअनुसार संगठनलाई विवादरहित हिसाबले चलाउनुपर्ने अन्यथा कुनै उपाय खोज्नुपर्ने उनले सुझाए। ‘बीपीका बेला प्रेसिडेन्सियल सिस्टम थियो। चलिराखेकै थियो। अहिले बहुपदीय छ, म बहुपदीयलाई खराब भन्दिनँ। तर यसले पनि कांग्रेसलाई बिगारिराखेको छ,’ उनले भने।

कांग्रेस महाधिवेशनमा देउवा शेखरलाई हराएर सभापति निर्वाचित भएका थिए। महामन्त्रीमा निर्वाचित दुवै जना संस्थापन इतर पक्षका हुन्। सभापति देउवा प्यानलका दुवै महामन्त्रीका उम्मेदवारले हार बेहोरेका थिए।
 

प्रकाशित: Sep 13, 2023| 13:33 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्