सोमबार, असार १६, २०८२

सुन तस्करी प्रकरण

साढे ३ अर्ब बिगो दाबी, ५० जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सुझाव

सुन तस्करी प्रकरणमा पक्राउ परेका ९ विदेशीसहित ३२ जना तथा फरार १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई दिइयो सुझाव।
 |  बुधबार, भदौ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

vianetvianet

काठमाडौं– गत ३ साउनमा त्रिभुवन विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएका बेला राजस्व अनुसन्धान विभागले बरामद गरेको तस्करीको ६० केजी सुन छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले साढे ३ अर्ब बिगो दाबी र ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सुझाएको छ।

आज सीआईबीकी प्रमुख एआईजी किरण वज्राचार्यले पत्रकार सम्मेलन गरी सुन तस्करी प्रकरणमा पक्राउ परेका ९ विदेशीसहित ३२ जना तथा फरार १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सुझाव दिइएको बताएकी हुन्।

हालसम्म ३०२ किलो ६२० ग्राम सुन तस्करीमार्फत ल्याएको देखिएकाले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन भनिएको उनले जानकारी दिइन्।

राजस्व अनुसन्धान विभागले पक्राउ गरेका १६ सहित हालसम्म ३२ जना पक्राउ परेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। यीमध्ये  २३ नेपाली र ९ विदेशी नागरिक छन्। सुन तस्करी प्रकरणमा हालसम्म फरार रहेका १४ विदेशी र ४ नेपालीलाई पनि यो प्रकरणमा प्रतिवादी बनाइएको छ।

रेडी ट्रेड लिंकबाट आयात गरिएका सुन राखिएका ब्रेक प्याड जोख्दा ३०२ किलो ६२ सुन तस्करीमार्फत नेपाल ल्याइएको देखिएको एआईजी वज्राचार्यले बताइन्। सुन चिनियाँ समूहले पाँच वटा कम्पनी खडा गरेर नेपाल भित्र्याएको वज्राचार्यको भनाइ छ।

सुन तस्करी प्रकरणमा जोडिएका पाँच विदेशी नागरिकले झुटा विवरण राखेर नागरिकता निकालेको पनि छानबिनका क्रममा फेला परेको वज्राचार्यले जानकारी दिइन्।

प्रकाशित: Sep 13, 2023| 13:16 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्