शनिबार, वैशाख २६, २०८३

बीपीको दुर्लभ भाषण इजरायली राजदूतले राष्ट्रपतिलाई बुझाए

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको एक दुर्लभ भाषण इजरायलले नेपाललाई बुझाएको छ। सोमबार इजरायली राजदूत हनन गोदेर गोलडबर्गरले राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

National life

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायल र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको थियो। सन् १९४८ मा राज्यका रुपमा स्थापित इजरायलसँग बीपी कोइरालाले सिंगो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गरेका थिए।

सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा इन्टरनेश्लन कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्सको प्रमुख अतिथिको हैसियतमा बीपी कोइरालाले गरेको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहार स्वरुप हस्तान्तरण गरेका हुन्।

राजदूत गोदेरले सो भाषण धेरै मेहनतसाथ खोजी गरेर आफूले फेला पारेको र बीपी कोइरालाकै अनुयायी नेपालको राष्ट्रप्रमुख भएका बेला हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताएका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले बीपीको यस्तो ऐतिहासिक दस्तावेज उपहार उपलब्ध गराएकामा धन्यवाद दिए।

प्रकाशित: Sep 12, 2023| 21:14 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्