सोमबार, असार १६, २०८२

पूर्वसभामुख नेम्वाङको शोकमा सारियो संसद् बैठक

 |  मंगलबार, भदौ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

vianetvianet

भोलि बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सारिएको छ। संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा बहालवाला सांसद सुवास नेम्वाङको निधन भएपछि बैठक सारिएको हो।

बैठक बिहीबार ३ बजे बस्ने गरी सारिएको संसद् सचिवालयका महासचिव भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ।

'संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवास चन्द्र नेम्वाङको असामयिक निधन भएको कारण मिति २०८० साल भदौ २७ गते बुधबार दिनको १ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रयोजनको लागि मिति २०८० साल भदौ २८ गते बिहीबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' सूचनामा भनिएको छ।

प्रकाशित: Sep 12, 2023| 16:19 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्