मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • स्वर्गीय नेम्वाङलाई अस्पतालदेखि नै राजकीय सम्मान [तस्बिरहरु]

स्वर्गीय नेम्वाङलाई अस्पतालदेखि नै राजकीय सम्मान [तस्बिरहरु]

सरकारले नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।
 |  मंगलबार, भदौ २६, २०८०

शिरिषमान महर्जन

शिरिषमान महर्जन

मंगलबार, भदौ २६, २०८०

सरकारले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेसँगै उनको पार्थिव शरीर अस्पतालबाटै राजकीय सम्मानका साथ निकालिएको छ।

National life

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको थियो। साथै संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय पनि गरेको थियो।

त्यसैअनुसार  नेम्वाङको पार्थिव शरीर राजकीय सम्मानका साथ एमाले पार्टी कार्यालय च्यासल लगिएको हो। सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ। नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरु फर्केपछि अन्त्येष्टि हुने भएको छ।

Laxmi sunrise bank
kumari


 

प्रकाशित: Sep 12, 2023| 15:39 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्