सोमबार, असार १६, २०८२

सुन तस्करी प्रकरणः अन्तिम प्रतिवेदन बुझाउँदै सीआईबी

संगठित अपराधको मुद्दामा अनुसन्धान भइरहेकामा ३१ भदौमा ६० दिन पुग्ने हुँदा सो अवधिसम्म अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी प्रावधानका कारण सीआईबीले अन्तिम प्रतिवेदन बुझाउन लागेको हो।
 |  मंगलबार, भदौ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

vianetvianet

काठमाडौं–सुन तस्करी प्रकरण छानबिन गर्दै आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी छ।

३ साउनमा त्रिभुवन विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएका बेला राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको ६० केजी सुन तस्करी छानबिन जिम्मा सीआईबीले पाएको छ।

संगठित अपराधको मुद्दामा अनुसन्धान भइरहेकामा ३१ भदौमा ६० दिन पुग्ने हुँदा सो अवधिसम्म अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी प्रावधानका कारण सीआईबीले अन्तिम प्रतिवेदन बुझाउन लागेको हो।

प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण वज्राचार्यले बताए। सीआईबीले सुन तस्करी प्रकरणमा हालसम्म ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी हिरासतमा छन्। पक्राउ पर्नेमा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि छन्।

सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकले  नेपाली नागरिकतासमेत लिएको खुलेको छ। तस्करीमा भन्सारका कर्मचारीकै मिलेमतो रहेको पाइएकाले पछिल्लो समयमा प्रहरीले भन्सार अधिकृत पुष्पा जोशीसहित नासु कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको छ।

राजस्व अनुसन्धान विभागको अपरेसनका क्रममा हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको थियो। सुन भन्सार पास भएर निस्किएको थियो। विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान सीआईबी)ले गरिरहेको छ।

ब्रेक सुसहितको सुन १ सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम शुद्ध सुन भएको थियो। अहिले उक्त सुन राष्ट्र बैंकको जिम्मामा छ। 

सुन तस्करी प्रकरणको छानबिन प्रतिवेदन लेखन सकेर आजै वा भोलि बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।

प्रकाशित: Sep 12, 2023| 14:19 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्