काठमाडौं– नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। अध्यक्ष गुरुङले शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका हुन्।
भेटमा अध्यक्ष गुरुङले राष्ट्रपतिको पछिल्लो स्वास्थ्य अवस्था, राजनीतिक घटनाक्रमबारे छलफल गरेको तरुण दलले जनाएको छ।
सो अवसरमा राष्ट्रपति पौडेलले अध्यक्ष गुरुङलाई समग्र युवाको भावनालाई समेटी संगठनलाई अघि बढाउन सुझाएका थिए।