मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • श्रम गन्तव्य मुलुकका राजदूतलाई प्रधानमन्त्रीको निर्देशन– श्रमिक हितलाई केन्द्रमा राखेर काम गर्नू

श्रम गन्तव्य मुलुकका राजदूतलाई प्रधानमन्त्रीको निर्देशन– श्रमिक हितलाई केन्द्रमा राखेर काम गर्नू

सरकारले पहिलो पटक श्रमिक गन्तव्य मुलुकका विदेशस्थित नेपाली राजदूतलाई बोलाएर नेपाली श्रमिक तथा कामदारले भोग्नुपरेका समस्याबारे छलफल गरेको हो।
 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्।

National life

विदेश रोजगारसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी दुई दिवसीय छलफलमा सहभागी प्रधानमन्त्री प्रचण्डले श्रम गन्तव्य मुलुकबाट आएका राजदूत र नियोग प्रमुखसँग नेपाली कामदारले भोग्नुपरेको समस्या समाधान हुने गरी काम गर्न निर्देशन दिएका हुन्।

सरकारले पहिलो पटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारले भोग्नुपरेका समस्या र कठिनाइबारे छलफल गरेको हो। कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ।

प्रधानमन्त्री प्रचण्डले अन्तरक्रियामा राजदूतले उठाएका विषय सम्बोधन गर्दै अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवद्र्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिएका हुन्।

प्रकाशित: Sep 12, 2023| 13:44 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्