शनिबार, वैशाख २६, २०८३

परराष्ट्रमन्त्री साउद अमेरिका उडे

संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण आयोगले सेप्टेम्बर १४ तारिखमा न्युयोर्कमा आयोजना गर्न लागेको ‘शान्ति निर्माणमा शिक्षाको भूमिका’ कार्यक्रममा सहभागी साउद अमेरिका गएका हुन्। 
 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

National life

काठमाडौं– परराष्ट्रमन्त्री नारायणप्रकाश साउद अमेरिकाको न्युयोर्क उडेका छन्। संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण आयोगले सेप्टेम्बर १४ तारिखमा न्युयोर्कमा आयोजना गर्न लागेको ‘शान्ति निर्माणमा शिक्षाको भूमिका’ कार्यक्रममा सहभागी हुन उनी अमेरिका गएका हुन्। 

नेपाल हाल संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण आयोगको सदस्य छ। उक्त कार्यक्रमपछि मन्त्री साउद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछन्।

प्रकाशित: Sep 12, 2023| 12:34 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्