सोमबार, असार १६, २०८२

सुवास नेम्वाङको निधनले स्तब्ध भएँ : पूर्वराष्ट्रपति भण्डारी

 |  मंगलबार, भदौ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

vianetvianet

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएकी छन्। 

मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको भण्डारीले बताइन्।

नेम्वाङकोप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गरिन्।  सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएपछि  उपचारका लागि  त्रिवि शिक्षण अस्पताल लगिएकामा राति नै उनको निधन भएको थियो।

प्रकाशित: Sep 12, 2023| 09:47 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्