शनिबार, वैशाख २६, २०८३

देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

काठमाडौं- सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले मर्माहित भएको बताएका छन्।

National life

उनले नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको महसुस गरेको बताए।

‘प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु। दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, उनले भने।

नेम्वाङको हृदयघातबाट गए राति १:३० बजे निधन भएको हो।

प्रकाशित: Sep 12, 2023| 09:28 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्