शनिबार, वैशाख २६, २०८३

नेम्वाङको अन्तिम संस्कार भोलि

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

काठमाडौं- सोमबार राति निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बुधबार हुने भएको छ।

National life

उनका दुवै छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि भोलिमात्र गर्न लागिएको हो। नेम्वाङका जेठा छोरा बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्ने बताइएको छ। उनी सपरिवार बेलायत बस्दै आएका छन्।

यसैगरी १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा भने आज राति ११ बजे फर्किने भएका छन्। नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौंमै छन्।

एमालेले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका मंगलबार ९ बजेदेखि पार्टी कार्यालय च्यासलमा राख्ने जनाएको छ। नेम्वाङको सोमबार राति १ बजेर ४० मिनेटमा निधन भएको थियो।
 

प्रकाशित: Sep 12, 2023| 08:53 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्