शुक्रबार, वैशाख ४, २०८३

नेम्वाङको निधनपछि अस्पतालमा जे देखियो [तस्बिरहरु]

राति नै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
 |  मंगलबार, भदौ २६, २०८०

शिरिषमान महर्जन

शिरिषमान महर्जन

मंगलबार, भदौ २६, २०८०

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ। 

National life

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको हो। हृदयघात लगत्तै उनलाई अस्पताल लगिए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए।

त्रिवि शिक्षण अस्पतालबाट नेम्वाङको शव एमाले पार्टी कार्यालय च्यासल लगिएको छ। त्यहाँ आज दिनभर श्रद्धाञ्जलीका लागि राखिनेछ।

नेम्वाङको निधनमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, कांग्रेस सभापति तथा अन्य पार्टीका शीर्ष नेताहरुले दुःख व्यक्त गरेका छन्। राति नै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

kumari


 

प्रकाशित: Sep 12, 2023| 07:04 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्