मंगलबार, असार १७, २०८२

'कोशीमा राजनीतिक स्थिरताका लागि सहकार्य आवश्यक'

 |  सोमबार, भदौ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

vianetvianet

मोरङ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा राजनीतिक स्थिरता कायम गर्नका लागि राजनीतिक दलबीच सहकार्य र सहमति हुनुपर्नेमा जोड दिएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशमा राजनीतिक स्थिरता कायम गरी जनताका आवाज दलहरूले सुन्नुपर्नेमा जोड दिए। अध्यक्ष यादवले समाजवादी मोर्चा नेपाली कांग्रेसको सल्लाहमा निर्माण भएकाले यसले कांग्रेसलाई नै मद्दत गर्ने दाबी गरे।

उनले मोर्चाले कांग्रेससँग सहकार्य गरी आगाडि बढ्ने र एकअर्काको सहयोगी भएको समेत बताएका छन्। लोकतन्त्र, आर्थिक विकास, समृद्धि, संघीयता र गणतन्त्रलाई संस्थागत गरी अगाडि बढ्न मोर्चा र कांग्रेस एक हुन आवश्यक रहेको बताए।

प्रकाशित: Sep 11, 2023| 16:11 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्