शनिबार, वैशाख २६, २०८३

सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ

सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, नासुद्वय कमल परियार र वीरेन्द्र नेपाली पक्राउ परेका हुन्। 
 |  शनिबार, भदौ २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन प्रकरणमा थप तीन जनालाई पक्राउ गरेको छन्। 

National life

पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, नासुद्वय कमल परियार र वीरेन्द्र नेपाली रहेको प्रहरी प्रवक्ता डीआइजी कुवेर कडायतले बताए। 

गत ३ साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भई बाहिरिएर ६० केजी सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। भन्सारमा कार्यरत तीनै जनाको सुन तस्करीमा संलग्नता देखिएपछि पक्राउ गरिएको हो।

तीन जनासहित सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ। सुन तस्करी प्रकरणको अनुसन्धान अहिले राजस्व विभागले सीआईबीलाई सुम्पिएको छ।

प्रकाशित: Sep 09, 2023| 15:42 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्