बुधबार, असार १८, २०८२

१८ जिल्लामा २१ जनप्रतिनिधिको पद रिक्त, कांग्रेसका सबैभन्दा बढी 

गत वर्ष ३० वैशाखको स्थानीय तह निर्वाचन र ४ मंसिरको प्रदेश तथा संघीय निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिसस प्रमुख एक–एक र १७ वडाध्यक्ष पद रिक्त। 
 |  शनिबार, भदौ २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

vianetvianet

काठमाडौं– निर्वाचन आयोगले देशभर संघीयबाहेक २१ जनप्रतिनिधिको पद रिक्त रहेको विवरण सार्वजनिक गरेको छ। प्रदेश र स्थानीय तह गरी विभिन्न १८ जिल्लामा २१ जनप्रतिनिधिको पद रिक्त रहेको देखिएको हो।

गत वर्ष ३० वैशाखमा भएको स्थानीय तह निर्वाचन र ४ मंसिरको प्रदेश तथा संघीय निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख एक–एक र १७ वडाध्यक्ष पद रिक्त भएको पाइएको हो।

रिक्त पदमध्ये कांग्रेसका १२ स्थान, एमालेका ४, माओवादी ४ र स्वतन्त्र एक रहेका छन्। सात प्रदेशमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम रिक्त रहेको आयोगले बताएको छ।गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि रिक्त पदमा गत वैशाखमै उपनिर्वाचन गरे पनि सरकारले प्रदेश र स्थानीय तहमा रिक्त पदको उपनिर्वाचन हालसम्म गर्ने मिति घोषणा गरेको छ।

यद्यपि निर्वाचन आयोगले सरकारलाई आगामी वैशाखमा रिक्त स्थानमा निर्वाचन गर्न सुझाव दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। 

आयोगले प्रतिनिधिसभा सदस्यको तीन ठाउँमा पद रिक्त हुँदा गत १० वैशाखमा उपनिर्वाचन गराइसकेको छ। आयोगले चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधिसभा सदस्यको पद रिक्त भएपछि गत १० वैशाखमा उपनिर्वाचन गराएको थियो। 

गत वर्ष मंसिरमा सम्पन्न संघीय निर्वाचनबाट चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बारा २ मा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र तनहुँ १ मा तत्कालीन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनिएका थिए।

यीमध्ये नागरिकता विवादले सांसद पद गुमेपछि रविको निर्वाचन क्षेत्र रिक्त भएको थियो। यस्तै, राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपति रामप्रसाद सहाय यादव निर्वाचित भएपछि बारा २ र तनहुँ १ को संघीय निर्वाचनको पद रिक्त थियो। 

आयोगले तीनै वटै स्थानमा उपनिर्वाचन गराएपछिद्ध चितवन २ मा लामिछाने पुनः निर्वाचित भएका छन् भने तनहुँ १ बाट रास्वपाका स्वर्णिम वाग्ले र बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भइसकेका छन्। १० वैशाखमा प्रतिनिधिसभा सदस्यको रिक्त पदमा मात्रै निर्वाचन भए पनि प्रदेश र स्थानीय तहमा रिक्त पदको निर्वाचन भएको छैन।

प्रदेश र स्थानीय तहको रिक्त पदमा उपनिर्वाचन गराउन सरकारसँग कुरो अगाडि बढेको आयोगका प्रमुख आयुक्त थपलियाले बताए। उनले भने, ‘केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल एवं उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कासँग रिक्त स्थानको निर्वाचनका लागि प्रक्रियामा जान आग्रह गरिएको छ। उहाँहरुले आगामी वैशाखमा उपनिर्वाचन गरिने स्पष्ट पार्नुभएको छ। सोहीअनुसार हामी अगाडि बढेका छौं।’ 

आयोगले आगामी मंसिरमा उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरे पनि राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि मात्र उपनिर्वाचन गरिने बताएको उनले जानकारी दिए।

प्रकाशित: Sep 09, 2023| 14:44 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्