शनिबार, वैशाख २६, २०८३

सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री नियुक्त कार्कीले सपथ लिँदै

न्यायाधीशत्रय सपना प्रधान मल्ल, डा.कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले कार्कीलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। 
 |  शुक्रबार, भदौ २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०

काठमाडौं– बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासका तीन न्यायाधीशको परमादेशबाट कोशी प्रदेशको मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले सम्भवतः आजै सफल लिने भएका छन्। सर्वोच्चले बिहीबार गरेको फैसलाको पत्र कोशीको प्रदेशसभा पुगिसकेकाले कार्कीले बेलुकी ६ बजे मुख्यमन्त्रीको सपथ लिने तयारी थालेका हुन्। 

National life

सर्वोच्चले संविधानको धारा १६८ को उपाधरा ३ अनुसार कोशी प्रदेशसभामा सबैभन्दा ठूलो एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। सर्वोच्चको पत्र बिहीबार दिउँसो विराटनगर आइसकेकाले सपथको तयारी थालिएको प्रदेश प्रमुखको कार्यालयले बताएको छ।

सर्वोच्चले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत संवैधानिक तरिकाले नलिएको बताएर पदमुक्त गरेको थयो।

न्यायाधीशत्रय सपना प्रधान मल्ल, डा.कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

प्रकाशित: Sep 08, 2023| 15:15 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्