शनिबार, साउन १२, २०८१

पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

क्षणभरमा पानी पर्ने, घाम लाग्ने, घनघोर पानी क्षणभरमै सुक्ने आदि विविधता पोखराको विशिष्टता हो। यही पोखरालाई कलाका क्षेत्रमा पानी रङको सहरका रुपमा पनि चिनिन्छ।
 |  सोमबार, भदौ २५, २०८०

बासुदेव पौडेल 

बासुदेव पौडेल 

सोमबार, भदौ २५, २०८०

गण्डकी- धेरै पानी पर्ने भएकाले पोखरालाई नेपालको चेरापुन्जीको उपमा दिइन्छ। क्षणभरमा नै पानी पर्ने, घाम लाग्ने, घनघोर पानी क्षणभरमा नै सुक्ने आदि विविधता पोखराको विशिष्टता हो। यही पोखरालाई कलाका क्षेत्रमा पानी रङको सहरका रुपमा पनि चिनिन्छ।

triton college

कलाका क्षेत्रमा प्रयोग हुने ऐतिहासिक रङका रुपमा पानी रङ स्थापित छ। कलाको इतिहासमा सबैभन्दा बढी प्रयोग भएको रङ (वाटर कलर) मा विगतमा पोखरामा धेरै कला सिर्जना भएकै कारण पानी रङको सहरका रुपमा पोखरा चिनिएको हो।

पानी रङको प्रयोग गरी कला सिर्जना थालेका वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ देखि बुद्धि गुरुङजस्ता व्यक्तित्वले  पोखरालाई पानी रङको सहरका रुपमा परिचित गराउन विशिष्ट योगदान पुर्‍याएका हुन्। त्यही पानी रङको सहर पोखराले कलाका क्षेत्रमा आफ्नै विशिष्ट मौलिकता सँगाल्दै अघि बढिरहेको छ। हजुरबुबा पुस्तादेखि नाति पुस्तासम्मका व्यक्ति पोखरामा कला सिर्जनामा लागेका छन्।

तनहुँको भीमाद जन्मस्थान भई पोखराको न्यू ग्यालेक्सी स्कुलबाट १२ कक्षा सकेर बसेका एमन गुरुङ यतिखेर कला सिक्दै छन्। सानैदेखि आफूूलाई चित्र कोर्न मन लाग्ने गरेको बताउँने उनी अहिले पोखराको चिप्लेढुंगास्थित घामपानी मार्केटभित्र रहेको नगेन आर्ट एकेडेमीमा कला सिक्न लागेका हुन्। कलाको एक वर्षे कोर्ष सिक्ने क्रममा छ महिना समय एकेडेमीमा विताइसकेको उल्लेख गर्दै एमनले आफूले कलामा सम्भावना देखेको बताए। “कला सिर्जना मेरो रुचिको विषय हो’, उनले भने, ‘राम्रोसँग कला सिकेर यस क्षेत्रमा म केही गर्न चाहन्छु।’

कला सिर्जनामा आफूलाई परिवारको पनि साथ र सहयोग रहेको छ भन्दै एमनले अवसर पाएमा धेरै गर्न सकिने विश्वास रहेको जानकारी गराए। पोखराकै काजी पोखरीका आयुष गुरुङ पनि १२ कक्षा उत्तीर्ण गरी कला सिक्न एकेडेमी पुगेका छन्। कला सिर्जनाको आफ्नै विशिष्ट महत्व रहेको बताउँदै उनले यस क्षेत्रमा केही गरौ‌ं भन्ने भावनाका साथ आफू तालिम लिन आएको बताए। ‘खासगरी म डिजाइनर हो, म डिजाइनमा आर्टको क्रियटीभिटी युज गर्न चाहन्छु’, आयुषले भने, ‘मेरो कलाप्रतिको रुचिमा पारिवारको राम्रै साथ र सहयोग छ।’

Metro Mart
vianet

पछिल्लो समयमा कला क्षेत्रमा युवाको आकर्षण बढिरहेको नगेन आर्ट एकेडेमीका सञ्चालक ज्योति हमालले बताए। कला क्षेत्रमा केही जान्ने र सिक्ने चाहना भएका व्यक्तिलाई लक्ष्य गरी एकेडेमी सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उनले एकेडेमी सञ्चालनको एक वर्षे समयावधिमा विभिन्न ७७ युवाले कला सिकेर गएको जानकारी दिए।

एकेडेमीबाट एक हप्तादेखि तीन वर्षसम्मका विभिन्न कोर्षका पठनपाठन गराउने गरिएको छ। पछिल्ला वर्षमा कला सिक्न युवाहरूको आकर्षण बढिरहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य नगेन सिंहले बताए। कला क्षेत्रको औपचारिक पठनपाठनका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला क्याम्पसमा स्नातकोत्तरसम्मको पढाइ हुने गरेको जानकारी दिँदै उनले काठमाडौँकै सिर्जना कलेज, काठमाडौँ विश्वविद्यालयलगायत शैक्षिक संस्थामा पनि नियमितरुपमा पठनपाठन भइरहेको छ भने।

राष्ट्रिय चित्रकला प्रदर्शनी
कला क्षेत्रमा युवाको आकर्षण बढिरहेका अवस्थामा दिगो शान्ति, पर्यटन र कला क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यका साथ नगेन आर्ट एकेडेमीले पोखरामा एक महिने तेस्रो राष्ट्रिय चित्रकला प्रदर्शनी आयोजना गरेकोे छ। एकेडेमीकै प्रदर्शनी कक्षमा देशभरका एक सय ४० कलाकारका कला प्रदर्शनीमा राखिएको सञ्चालक ज्योति हमालले जानकारी दिए। देशका विभिन्न स्थानमा रहेका वरिष्ठ कलाकारदेखि नवोदित युवा कलाकार ५७ जनाले एउटै ब्यानरमा तयार गरेको कला प्रदर्शनीको महत्वपूर्ण आकर्षण बनेको छ। एकेडेमीको प्रवेशद्वारमा राखिएको उक्त कलाको मूल्य डेढ करोड  राखिएको छ।

बीस मिटर लामो ब्यानरमा रहेको उक्त कला हालसम्म देशभरमा प्रदर्शनीमा राखिएमध्ये सबैभन्दा ठूलो भएको जिकिर गरिएको छ। प्रदर्शनीमा राखिएका कलाको मूल्य  एक हजारदेखि डेढ करोडसम्म रहेको सञ्चालक हमालले  जानकारी दिए। ‘समाज एवं राष्ट्रमा अस्थिरता र अराजकता बढिरहेका अवस्थामा हामीले दिगो शान्ति, पर्यटन र कला क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी राखेका हौँ’, उनले भने, ‘पछिल्ला समयमा कला प्रति बढ्दै गएको युवा आकर्षणलाई अझै बढाउनका लागि यस्ता प्रदर्शनीले विशेष महत्व राख्ने हाम्रो विश्वास छ।’

कलामा रुचि राख्ने पुरानो पुस्तादेखि नयाँ पुस्ताका व्यक्ति, विद्यालयका शिक्षक तथा विद्यार्थी आदिका लागि प्रदर्शनी बहुउपयोगी बन्ने विश्वास लिइएको सञ्चालक हमालले  बताए।   -रासस

प्रकाशित: Sep 11, 2023| 16:45 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।
वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।