बुधबार, असार १८, २०८२

जनतालाई राजनीति बुझाउन मेची–महाकाली दौडिँदै माधव नेपालको पार्टी

अभियानका क्रममा एमालेबाट विद्रोह गर्नुपरेको कारण, पार्टीको संरचना, संगठन विस्तार, राजनीतिलगायत विषय जनतालाई बुझाइने।
 |  शुक्रबार, भदौ २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०

vianetvianet

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आगामी १४ देखि २९ असोजसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ। मुलुकमा विकसित राष्ट्रिय राजनीतिबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको अभियान १४ असोजमा मेचीबाट सुरु भई  २९ असोजमा महाकाली पुगेर सम्पन्न हुनेछ।

अभियानका क्रममा समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्र्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिने नेकपा एसले जनाएको छ। 

पार्टी महासचिव घनश्याम भुसालका अनुसार अभियानका क्रममा जनताबाट प्राप्त सुझावलाई समेटेर पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना निर्माण गरिनेछ।

अभियानमा राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन नेकपा (एमाले)सँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको विषय, जनजीविका, सामाजिक रुपान्तरणका लागि पार्टीले गरेका गतिविधि अभियानका क्रममा जनतालाई बुझाइने जानकारी दिए।

जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहेकाले सो विचार छाड्न नहुने र समाजवादी व्यवस्था कार्यान्वयनका लागि सो जबज विचार छाड्नुपर्ने बहस पार्टीभित्र चलेको छ। यसलाई आगामी महाधिवेशनमा निर्णय गर्ने जनाइएको छ।

प्रकाशित: Sep 08, 2023| 11:33 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्