शनिबार, वैशाख २६, २०८३

६० केजी सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

सीआईबीले बाराका शिवकुमार सर्राफलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको हो।
 |  शुक्रबार, भदौ २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०

National life

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० केजी सुन तस्करी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ। सीआईबीले बाराका शिवकुमार सर्राफलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको हो।

सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेका सर्राफलाई सीआईबीको टोलीले गए राती पक्राउ गरेको हो। ग्त ३ साउनमा त्रिभुवन विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएको अवैध ६० केजी सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। 

सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २७ पुगेको प्रहरीले जनाएको छ। हाल सुन तस्करी प्रकरणको छानबिन सीबीआईबाट हुँदै आएको छ।
 

प्रकाशित: Sep 08, 2023| 11:06 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्