सोमबार, मंसिर २५, २०८०

सन्दर्भ: वीपी जयन्ती

बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

कोइरालाले यस कथामा आफैंभित्र फुटेको र चिरिएको व्यक्तित्वको रुपमा पवित्रालाई उभ्याएका छन्।
 |  आइतबार, भदौ २४, २०८०
averest bankaverest bank

विजेता

विजेता

आइतबार, भदौ २४, २०८०

फ्रायडको सिद्धान्तअनुसार प्रेम पनि यौन तृप्तिको एउटा माध्यम हो। सम्भवतः प्रेम र यौन कुनै खासको मात्रै पेवा नभएर यो आभाष सर्वव्यापी हुन्छ। यौन मनोविश्लेषणवादी प्रख्यात कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाले यही तथ्यलाई जबरजस्त रुपले उजागर गरेको छ।

sagarmatha cement

पवित्रा कुरुपा, अपांग र अनाकर्षक पात्रको रुपमा चित्रित छिन्। त्यसमाथि मालिककी नोकरनी भएर बसेकी। यस्तो पात्रको चरित्र चित्रण गर्दा अरुले कि दया कि घृणाकी पात्रको रुपमा चित्रित गर्थे होलान्। तर कोइरालाले शारीरिक मूल्यांकन मात्रै मानव होइन, उसको वास्तविक स्वरुप भित्री अर्थात् अचेतन पक्ष हो। त्यो अचेतनमा माया, प्रेम र यौनको संवेग पनि जाग्छ भनेर यी पात्रमा प्राण भरिदिएका छन् र यौन तथा प्रेमको सर्वव्यापकतालाई छर्लंग पारिदिएका छन्।

त्यसैले त उनी साहित्यमा सर्वकालीन छन्। उनका रचना आज पनि उत्तिकै समकालीन लाग्छन्। खाली परिवेश मात्रै फरक। २००६ सालमा प्रकाशित बीपीको ‘दोषी चश्मा’ कथा संग्रहमा संकलित 'पवित्रा' नारी मनोविश्लेषणवादी कथा हो। शारीरिक रुपमा कुरुप र अपांग पवित्रा अन्तरमुखी चरित्र हो। पवित्रा बालविधवा हुन्। उनी आफू गाँड भए पनि एक्लो केशवदेवकी भान्से बाहुनी हुनुपरेकाले मालिकप्रति लोग्ने सरहको माया एवं सम्मान प्रदान गर्दै आएकी छे।

उसको क्रियाकलापले केशवदेवमाथि एक प्रकारको अधिकार जमाइरहेको छ। तर त्यो अधिकार अव्यक्त रुपमा मनमनै सिञ्चित छ। पवित्रा कथालाई बारम्बार पढें र पवित्रा पात्रलाई मनन् गर्न खोजें। पवित्रा पात्र आज पनि हाम्रो समाजमा व्याप्त छ। बालविधवा पवित्रामा दाम्पत्य जीवन भोग्न नपाएको अभाव, चाहना र यौन तृष्णा छ। जसलाई उनले विभिन्न कृयाकलापबाट उद्घाटित गर्छिन्। मालिककी पत्नीको हकसाथ उनको काम गर्ने तरिका, ठट्टा, हाँसो र मालिकको सुर्ता गरेर उनी अघाउने प्रयास गर्छिन्। यी भावहरुले पाठकलाई कुत्कुत्याउन थाल्छ।

एउटी भान्से बाहुनीले गर्नुपर्ने व्यवहार र सेवाभन्दा अतिरिक्त माया र सद्भाव व्यक्त गरेर आफ्नो अचेतनको इच्छा पूरा गर्नरे क्रियाकलाप पवित्राको बोलीवचन र व्यवहारबाट झल्किन्छ। तर, केशवदेवले विवाह गर्ने कुरा जब पवित्राले थाहा पाउँछ्नि्, उनको अचेतन मन विक्षिप्त हुन्छ। आफ्ना इच्छाहरु मरेर गएकोले मानसिक रुपमा कुण्ठित हुन्छिन्।

Metro Mart
worldlink

पवित्रा आफ्नो विक्षिप्त मनलाई शान्त पार्न केशवदेवको विवाहबारे सबैलाई सुनाउँछिन् र कुरा सुनेर कसैले सहानुभूतिको शब्द बोलिदेओस् भन्ने सोच्छिन्। तर सबैले उनलाई उल्टै सौता आउने भई भनेर सुनाउँदा उनी अन्तरवेदना लुकाएर अनौठो ढंगसँग हाँस्छिन्।

कोइरालाले यस कथामा आफैंभित्र फुटेको र चिरिएको व्यक्तित्वको रुपमा पवित्रालाई उभ्याएका छन्। पवित्राको चेतन मनले केशवदेवलाई मालिकको रुपमा र आफूलाई नोकरनीको रुपमा लिन्छ तर अचेतन मनले उनलाई लोग्ने नै सम्झेकी हुन्छे।

मालिकको विवाहको दिन आफ्नो मनलाई दबाएर भए पनि फुर्तिसाथ सबै काम गर्छे। आफ्नो मनमा ढाकाको चोलो र रेश्मी फरिया लगाएर बेहुली होउँला भन्ने ठूलो धोको पालेकी उनले त्यो पूरा हुन नसक्दा यतिञ्जेलसम्म गुम्स्याएर राखेको पीडा विष्फोट हुन जान्छ र रत्यौली खेल्दा पवित्राले दुलहाको अभिनय गर्दै गरेकी महिलाको गोडामा परेर रुन थाल्छे। अचेतन मनका इच्छाहरु पूरा हुन नसक्दा ती चेतनमा आएर चिहाउन खोज्छ।

कोइरालाले कथाको अन्त्यमा प्रेमभावको अनौठो रुप प्रस्तुत गर्छन्। कसैलाई प्रेम गर्नु पाप वा अपराध होइन तर परिस्थितिले प्रेमको रुप यस्तो पनि हुँदोरहेछ भनेर बिट मार्दा कथामा केशवदेवकी दुलहीलाई पवित्राले आफ्नो सम्पूर्ण कमाइबाट सु्नको चुरा उपहार दिएको घटना देखाई पवित्राको केशवदेवलाई प्रेममा यौन स्वार्थ लुकेको परिचय दिन खोजेको स्पष्ट हुन्छ।

यसरी कथाकार कोइरालाले नारी मनोविश्लेषणका आधारमा यस कथामा अविवाहित र अपांग पात्र पवित्राजस्ती नारीको अतृप्त मनोदशाको व्याख्या गरेका छन्। शाश्वत मूल्यलाई झल्काउन खोज्ने र जीवनको महत्वपूर्ण पाटोलाई टपक्कै टिपेर सही ठाउँमा स्थापित गरेर कथाकार कोइरालाले यी पात्रहरुलाई सधैंका लागि अमर बनाइदिएका छन्। कोइरालाका प्रायः कथाहरु विश्व साहित्यको हाराहारीमा उभिन सफल देखिन्छन्। चाहे ती चन्द्रवदन होउन् सिपाही वा श्वेत भैरवी।

कथा पढ्दै जाँदा पवित्राका विभिन्न स्वरुप आज पनि समाजमा यत्रतत्र रहेको थाहा हुन्छ। बालविधवा, अविवाहित वा कतिपय विवाहित महिला पनि अचेतनमा प्रेम र यौनका यस्तै भावहरुमा रुमलिने तथ्य नकार्न सकिन्न। त्यसैले पनि यो कथा कालजयी र सर्वकालिक बन्न पुगेको हो। पवित्राका हरेक भावले कोइराला कति महान् कथाकार थिए भनेर अनुभव गर्छु।

प्रकाशित: Sep 10, 2023| 06:42 आइतबार, भदौ २४, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।