शनिबार, वैशाख २६, २०८३

खुकुरी आक्रमणबारे संसद्लाई जानकारी गराउन सभामुखको रुलिङ

आज प्रतिनिधिसभाको शून्य र विशेष समयमा सांसद यादवमाथि भएको खुकुरी आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु प्रकरणका विषयमा सांसदहरुले मागे सरकारको धारणा।
 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

काठमाडौं– कांग्रेस सह–महामन्त्री एवं महेन्द्र यादवमाथिको खुकुरी आक्रमणबारे जानकारी गराउन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन्।

National life

आज प्रतिनिधिसभाको शून्य र विशेष समयमा सांसदहरुले सांसद यादवमाथि भएको खुकुरी प्रहार र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु प्रकरणका विषयमा सरकारको धारणा मागेका थिए।

सांसदको मागअनुसार सभामुखले दुई घटनाबारे जानकारी गराउन सरकारलाई निर्देश गरेका हुन्।

बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित छलफलमा सहभागी भएर निकिस्ने क्रममा नेता यादवमाथि नुवाकोटका खुकुरी हानेका थिए। यादवको हाल ट्रमाको आइसीयुमा उपचार भइरहेको छ।

प्रकाशित: Sep 07, 2023| 16:11 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्