शनिबार, असार २१, २०८२

संसद्‍मा उठ्यो चिनियाँ राजदूतलाई फिर्ता पठाउनुपर्ने माग

 |  बिहीबार, भदौ २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

vianetvianet

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छन् सङले दिएको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरुले राजदूतको भनाइमा आपत्ति जनाउँदै फिर्ता पठाउन समेत माग गरेका छन्।

जनमत पार्टीका सांसद अब्दुल खानले नेपालको परराष्ट्र नीति निर्धारण गर्ने अधिकार विदेशी मुलुकका राजदूतको नभएको बताए। उनले भने, 'विदेशी मुलुकको राजदूतले परराष्ट्र नीति निर्धारण गर्ने होइन। नेपालको कस्तो परराष्ट्र नीति राख्ने नेपालले आफैं निर्धारण गर्ने हो।' चिनियाँ राजदूतको उक्त अभिव्यक्तिका विषयमा तत्काल स्पष्टीकरण सोध्नुपर्नेमा सांसद खानले जोड दिए। 'राजदूतलाई परराष्ट्र मन्त्रालयले तुरुन्त स्पष्टीकरण लिनुपर्छ। तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग गर्दछु,' उनले भने।

लोकतान्त्रिक समाजवादी पार्टी पार्टी (लोसपा)का सांसद सर्वेन्द्रनाथ शुक्लले पनि चिनियाँ राजदूतको अभिव्यक्तिप्रति आपत्ति जनाए। उनले त्यसबारे परराष्ट्र मन्त्रालयले छिट्टै जवाफ दिनुपर्ने माग गरे। 'छिमेकी मुलुकको राजदूतको अभिव्यक्तिप्रति घोर आपत्ति गर्न चाहन्छौं। परराष्ट्र मन्त्रालय जुन किसिमले मौन बसेको छ, नोटिसमा लिने तर नबोल्ने स्थिति उचित होइन,' उनले भने। उनले आपसी समझदारीमा तेस्रो पक्षको हस्तक्षेप सह्य नहुने पनि बताए।

गएको शनिबार काठमाडौंमा नेपाल चाइना हिमालय फ्रेन्डसिप नेपाल नामक गैरसरकारी संस्थाको कार्यक्रममा राजदूत सङले ‘भारतजस्तो छिमेकी मुलुक नेपालले पाउनु दुर्भाग्य’ भन्ने अभिव्यक्ति दिएका थिए।

प्रकाशित: Sep 07, 2023| 16:02 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्