आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

 |  बिहीबार, भदौ २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

vianetvianet

चितवन- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्। माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको विकल्प नरहेकोमा जोड दिए। 

‘एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले विकास हुन सकेन। हाम्रो देश पछि पर्नुको मुख्य कारण पनि यही हो’, उनले थपे। राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको उनको भनाइ छ। स्थानीय तहदेखि केन्द्रीय तहसम्म विकासका लागि सबै दल एक ठाउँ हुन जरुरी रहेको उनले बताए। 

माडीवासीको समस्याप्रति आफू जानकार रहेको बताउँदै उनले निकुञ्जको बाटो कालोपत्र गर्ने विषयमा प्रधानमन्त्री र आफूले पटक–पटक छलफल गरी पहिलो प्रथामिकतामा राखेको बताए। सो अवसरमा सुकुम्बासी समस्या समाधानका लागि कानुन संशोधन गरेर भए पनि अघि बढ्ने प्रतिबद्धता जनाए। 

फरक प्रसङ्गमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने गरी काम गर्न निर्देशन दिए। उनले भने, ‘भ्रष्टाचार र सुशासनलाई कायम गर्ने हकमा ध्यान केन्द्रित गरेर काम गर्नुस्।’ सुशाशन, समृद्धि र सामाजिक न्याय अहिलेको सरकारको मुख्य कार्यभार रहेको बताउँदै उनले यसअनुसार अघि बढ्न सबैलाई आग्रह गरे। 

नगरपालिका प्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठकुर ढकाल, देवेन्द्र श्रेष्ठ माडीमा क्रियाशील राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: Sep 07, 2023| 14:51 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्