आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कान्ति अस्पतालमा उपचार नपाएर बालिकाको निधन भएकोप्रति सरकारको ध्यानाकर्षण

कान्ति अस्पतालमा उपचार नपाएर बालिकाको निधन भएकोप्रति सरकारको ध्यानाकर्षण

 |  बिहीबार, भदौ २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

vianetvianet

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।

नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापर्बाहीका कारण भएको दाबी गर्दै घटनाको छानबिन, दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका हुन्। उनले सबै बालबालिकालाई सहजरूपमा उपचारको उचित प्रबन्ध गराउन माग गरे। 

राष्ट्रिय स्वतन्त्र पार्टीका डा चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद भएको बताउँदै सरकारले सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेर यस्ता घटनामा अस्पताल र चिलाई मात्रै दोष दिन नमिल्ने बताए।

प्रकाशित: Sep 07, 2023| 14:41 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्