आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डा छलफलमैः परराष्ट्रमन्त्री साउद

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डा छलफलमैः परराष्ट्रमन्त्री साउद

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा हाजिर भएका मन्त्री साउदले एजेन्डाबारे छलफल भइरहेको बताएका हुन्।
 |  बिहीबार, भदौ २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला तय गरिने विषयका एजेन्डा हालसम्म तयार भइनसकेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्। प्रधानमन्त्री प्रचण्ड आगामी ६ असोजमा उत्तरी छिमेकी चीन भ्रमणमा जाने तयारी छ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा हाजिर भएका मन्त्री साउदले एजेन्डाबारे छलफल भइरहेको जानकारी दिएका हुन्।

कोरोनाका कारण बन्द चीनसँगका व्यापारिक र परम्परागत नाका खोल्न प्रधानमन्त्री प्रचण्डको भ्रमणका बेला आग्रह गर्ने विषयमा छलफल चलिरहेको उनको भनाइ छ।

मन्त्री साउदले भने, ‘मन्त्रालयका सचिवहरूलाई बोलाएर भ्रमणको एजेन्डाबारे छलफल चलाइरहेका छौं। छलफल सकिएपछि पूरै एजेन्डाबारे निर्णय हुने हो। स्वास्थ्य, शिक्षा, कृषि, प्रविधि, पूर्वाधारलगायत क्षेत्रमा चिनियाँ सहयोगका विषयमा छलफल चलिरहेको छ।’

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बेला प्राप्त हुने सहयोग र समझदारीबारे अहिले नै बोलिहाल्नु उचित नहुने मन्त्री साउदले बताए।

प्रकाशित: Sep 07, 2023| 12:39 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्