आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कोशी सरकार विरुद्धको रिटमाथि आज पनि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ

कोशी सरकार विरुद्धको रिटमाथि आज पनि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ

 |  बिहीबार, भदौ २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

vianetvianet

काठमाडौं- कोशी प्रदेश सरकारको भविष्यका बारेमा बिहीबार पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा गत मंगलबारदेखि सुरु भएको सुनवाइ बिहीबार पनि  सर्वोच्चको पूर्ण इजलासमा हुँदैछ। न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले उक्त मुद्दा हेरिरहेका छन्।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमबारबाट पूर्ण इजलासमा सुनवाइ हुने भने पनि सो दिन हेर्दा हेर्दैमा राखिएको थियो। जसअनुसार कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि मङ्गलबारबाट सुनुवाइ सुरु भएको छ।

मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो। 

उक्त रिटमाथि गत शुक्रबार नै पूर्ण सुनुवाइ गर्ने गरी यस अघि नै पेसी तोकिएको थियो तर सो रिटमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भनेसँगै सुनवाइ रोकिदै आएको थियो।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरे हुन्।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। जसका कारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपूर्ण निर्णय गर्न नपाउने गरी काम चलाउको अवस्थामा छ।

प्रकाशित: Sep 07, 2023| 08:02 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्