आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सहमहामन्त्री यादवमाथि आक्रमणपछि तरुण दल आक्रोशित, भन्‍यो - चुप लागेर बस्दैनौं

सहमहामन्त्री यादवमाथि आक्रमणपछि तरुण दल आक्रोशित, भन्‍यो - चुप लागेर बस्दैनौं

 |  बुधबार, भदौ २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएपछि भ्रातृ संस्था नेपाल तरूण दल आक्रोशित बनेको छ। तरुण दलका पूर्वअध्यक्षसमेत रहेका सहमहामन्त्री यादवमाथिको आक्रमणपछि तरुण दलले पार्टीका प्रभावशाली नेताहरूमाथि आक्रमण भइरहेकोले चुप लागेर नबस्ने बताएको छ।

सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो। तरूण दल अध्यक्ष विद्वान गुरूङले एक विज्ञप्ति जारी गर्दै ‘यादवमाथि दिउँसै गुण्डागर्दी शैलीमा खुकुरी प्रहार भएको’ उल्लेख गर्दै घटनाको 'घोर भर्त्सना र निन्दा' गरेका छन् ।

उनले प्रहरी प्रशासन मुकदर्शक बनेको पनि बताए। ‘नेपालको प्रहरी प्रशासन मुकदर्शक बनेको छ, यो विषय सामान्य होइन,’ उनले भनेका छन्, ‘दोषी नै नभएको व्यक्ति पक्राउ गर्न अघि सर्ने प्रहरी दिउँसै हातहतियारसहित हिँडडुल गर्ने व्यक्ति चिन्न सक्दैन।’

उनले घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

‘अब तरूण दल चुप लागेर सहेर बस्न सक्दैन,’ उनले भने, ‘हरेक घटनामा कांग्रेसका प्रभावशाली नेताहरूलाई आक्रमण गर्ने यो मनस्थितिको विषयमा तरूण दल प्रधानमन्त्री र गृहमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराउँछ।’

सहमहामन्त्री यादवमाथि नुवाकोट घर भएका श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए। उनलाई प्रहरीले पक्राउ गरिसकेको छ। यादवको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रकाशित: Sep 06, 2023| 17:41 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्