शनिबार, वैशाख २६, २०८३

देउवाको तर्फबाट सभापतिको उम्मेदवार म बन्न सक्छु: शशांक

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

चितवन- नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन्। 

National life

भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुंगो भने नलागिसके जानकारी दिए।
 
विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले यो प्रतिक्रिया दिए। 

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाईं हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उनले भने, ‘सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ?’
 
पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उनको भनाइ थियो। तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभनेको उनको भनाइ थियो। 

उनले भने, ‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरुको विचार यही नै हुन सक्छ। पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौं, उहाँहरुको विचार सुनौं, अनि मात्रै निर्णय गर्छु।’

प्रकाशित: Sep 06, 2023| 16:10 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्