शनिबार, वैशाख २६, २०८३

सुन तस्करी प्रकरण

कपिलवस्तु सीमा क्षेत्रबाट समातिएका खरेललाई काठमाडौं ल्याइँदै

रुपन्देही घर भएका सुमन खरेललाई नेपाल–भारत सीमा क्षेत्र कपिलवस्तुबाट सुन तस्करी प्रकरणमा पक्राउ गरिएको प्रहरीद्वारा पुष्टि।
 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

काठमाडौं– ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप एक जनालाई कपिलवस्तुको नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ।

National life

काठमाडौंको टोखा बस्ने र रुपन्देही घर भएका सुमन खरेललाई नेपाल–भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।

ब्युरो टोलीले उनलाई आज काठमाडौं ल्याउँदै गरेको र समय पुगे आजै म्याद थप हुने उनको भनाइ छ। यसअघि उनी भारतमा लुकिछिपी बसेकाले पक्राउ गर्न सकिएको थिएन। खरेलबारे सूचना संकलन गरिरहेको प्रहरीले सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको कडायतले बताए।

सुन तस्करी प्रकरणको सूचना संकलनका लागि प्रहरीको एउटा टोली भारत र प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङकङ गएका छन्। उनीहरुले अहिले पनि तस्करीका सूचना संकलन जारी राखेको प्रहरील जनाएको छ।

गत ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको अवैध तस्करी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ।

प्रकाशित: Sep 05, 2023| 16:31 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्