आइतबार, असार २२, २०८२

सुन तस्करी प्रकरण

सीआईबीले लियो पूर्वउपराष्ट्रपति पासाङपुत्र दीपेशसँग बयान

सुन तस्करीमा मुछिएका २६ शंकास्पदसँग दीपेश पुनको फोन कलिङ देखिएपछि सीआईबीले लियो बयान। 
 |  मंगलबार, भदौ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

vianetvianet

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रका उपल्लो स्तरका नेताहरुका बाबुछोरा नै सुन तस्करी प्रकरणमा संलग्न भइरहेका खबर आइरहेका बेला पुनः अर्का एक छोरासँग बयान लिइएको छ।

त्रिभुवन विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएका बेला राजस्व अनुसन्धान टोलीले बरामद गरेको अवैध ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’पुत्र दीपेश पुनसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको हो।

पासाङपुत्र पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार बयान लिएको बुझिएको छ। सुन तस्करीमा मुछिएका २६ शंकास्पदसँग दीपेशको फोन कलिङ देखिएपछि सीआईबीले बयान लिएको हो।

दीपेश सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका महासचिव हुन्। 

सरकारले सुन तस्करी प्रकरणमा संलग्नलाई पक्राउ गर्ने बताए पनि सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई छोएको छैन। केही दिनअघि सुन तस्करी प्रकरणमा महराका छोरा राहुललाई सीआईबीले पक्राउ गरेको थियो। राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न २१ साउनमा सीआईबीलाई जिम्मा दिएको थियो।

प्रकाशित: Sep 05, 2023| 14:56 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्