आइतबार, असार २२, २०८२

कांग्रेस प्रचण्ड सरकारको ‘पेलाइ’मा परेको शेखर कोइरालाको टिप्पणी

प्रधानमन्त्री प्रचण्डलाई ‘साइज’मा ल्याउन सभापति देउवासँग शेखरको आग्रह।
 |  मंगलबार, भदौ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

vianetvianet

काठमाडौं– कांग्रेस नेता शेखर कोइरालाले संसदीय प्रणालीमा प्रधानमन्त्री सर्वेसर्वा हुने भए पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट पेलाइमा परेको गुनासो गरेका छन्।

आज नेपाल निजामती कर्मचारी युनियनले कार्यक्रममा कोइरालाले संसदीय प्रणालीमा प्रधानमन्त्री नै सर्वेसर्वा भए पनि गठबन्धनबाट सरकार बनेको विषय प्रचण्डले भुलेको बताएका हुन्। उनले भने, ‘हामी झन्डै ९० सांसद छौं। मन्त्रीहरू पनि छन्। तर, सरकार कांग्रेसको हो वा होइन भन्ने महसुस भइरहेको छ।’ 

अहिलेको सरकारमा सहभागी भइरहे पनि कांग्रेसमाथि निरन्तर आक्रमण हुँदा पार्टीबाट प्रतिरक्षा हुन नसकेको उनको दाबी छ।

कार्यक्रममा सहभागी पार्टी सभापति शेरबहादुर देउवालाई नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेर कांग्रेस नेतृत्वमा सरकार बनाउने अवस्था आइसकेको भनेर सम्झाउन आग्रह गरे। उनले भने, ‘सभापतिजीले प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गरिरहनुभएकै हुन्छ। कुरा भइराखेकै होला। जतिसुकै भने पनि प्रधानमन्त्रीले भनेका कुरा मन्त्रीहरूले काट्न नमिल्ने हुँदा प्रचण्ड शक्तिशाली भएका हुन्। त्यसकारण अब कांग्रेसले सरकारको नेतृत्व लिनुपर्दैन?’

सरकारको नेतृत्व कांग्रेसले लिन सके पार्टीको वर्चस्व हुने उनले सुनाए। अहिलेको सरकार अलोकप्रिय हुँदै गएको घटनाक्रमले देखाइरहेको नेता कोइरालाले दाबी गरे।
‘अहिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र कूटनीतिक। कुनै पनिमा देश ठीक ठाउँबाट अघि बढेको छैन। म केही दिनअघि विराटनगर गएका बेला धार्मिक युद्ध हो कि जस्तो जुलुस देखें। धरान पनि गएँ। एउटा समूहसँग भेटें, सम्झाएँ। तर, उनीहरू टसमस भएनन्। कहिले विस्फोट हुने हो, जातीय द्वन्द्व।’

राजनीति स्वार्थका लागि धार्मिक र जातीय द्वन्द्व निम्ताउन अहिलेका प्रधानमन्त्रीले सहयोग गरिरहेको आरोप उनले लगाए।

प्रकाशित: Sep 05, 2023| 14:37 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्