काठमाडौं– कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। काफ्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख सचेतकबाट राजीनामा दिएको बताएका हुन्।
प्रदेशसभा सदस्य काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समयाभाव भएकाले राजीनामा दिएको उल्लेख गरेका छन्।
‘केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन प्रमुख सचेतक पदबाट राजीनामा दिएको छु,’ उनले भनेका छन्। काफ्लेले प्रमुख सचेतकको भूमिकामा हुँदा सहयोग गर्ने बागमतीका पार्टीका सांसदलाई धन्यवाद दिएका छन्।