शनिबार, वैशाख २६, २०८३

वीपी साहित्य महोत्सव : मार्क्स र गान्धीको चर्चादेखि गजल साँझसम्म 

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काठमाडौं- पछिल्लो समय वैचारिक राजनीति कमजोर हुँदै गएको समयमा नेपाली कांग्रेसले संस्थापक नेता वीपी कोइरालाको जन्मोत्सवको अवसर पारेर वीपी साहित्य महोत्सव गर्ने भएको छ। वैचारिक र सैद्धान्तिक राजनीतिबाट दलहरु स्खलित हुँदै जाँदा लोकतन्त्रमाथि नै प्रश्‍नहरु उठिरहेको आरोप खेपिरहेको समयमा नेपाली कांग्रेसले वीपीका विचारबारे विमर्श गर्न लागेको हो। वीपी साहित्य महोत्सवको तयारी समितिका संयोजक सहमहामन्त्री बद्री पाण्डेले नेपाली राजनीतिलाई वैचारिक र सैद्धान्तिक बाटोमा डोर्‍याउने मुल उद्देश्यले वीपी साहित्य महोत्सव गर्न लागिएको जानकारी दिए। 

National life

वीपी साहित्य महोत्सवको तयारीबारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री पाण्डेले भने, '११०औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले यही भदौ २४, २५ र २६ गते वीपी साहित्य महोत्सव गर्न लागेको छ। यसको मुल उद्देश्य भनेको आजका दिनसम्म पनि वीपीको विचार सान्दर्भिक भएको र वैचारिक राजनीति कमजोर हुँदै गएको समयमा मुलुकका राजनीतिक दलहरुलाई नै वैचारिक राजनीतिको बाटोमा डोर्‍याउने उद्देश्यले वीपी साहित्य महोत्स गर्न लागिएको हो। महोत्सवमार्फत वीपीको राजनीति, सामाजिक र साहित्यिक क्षेत्रमा गरेको योगदान र सिंगो राजनीतिलाई वीपीका विचारबाट डोर्‍याउने उद्देश्य राखेका छौं।' 

तीन दिनसम्म चल्ने वीपी साहित्य महोत्सवमा 'वीपीको साहित्य सिर्जना र जीवन दर्शन', 'मार्क्स, गान्धी र वीपी र आज लोकतान्त्रिक समाजवादको खोजी' र 'वीपीको समाजवादमा शिक्षा कस्तो हुन्थ्यो होला' शीर्षकमा विचार-विमर्श हुने भएको छ। यसका साथै महोत्सवको पहिलो दिन कविता साँझ, दोस्रो दिन गजल साँझ र तेस्रो दिन सांगितिक साँझ गरिनेछ। 

राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा वीपीले पुर्‍याएको योगदान नेपाली राजनीतिमा आजका दिनमा पनि सान्दर्भिक भएको उल्लेख गर्दै नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्‍वकर्माले महोत्सवमा १२ वटा सत्रहरु सञ्‍चालन गरिने भएका छन्। उनका अनुसार वीपीका दृष्टिमा वीपी, वीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य, वीपीले नपाएका १५ वर्ष, वीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा वीपी, युवा स्रष्टामा वीपी पठन, समावेशिता, सामाजिक रूपान्तरण र वीपी, समय र सबार्टन, वीपीका आख्यानमा नारी, परिवारले बुझेका वीपी शीर्षकमा १२ वटा सत्रहरु सञ्‍चालन हुने भएका छन्। महोत्सवमा चितकला र वृत्तचित्र र फोटो प्रदर्शनी गरिने भएको छ। 

वीपी साहित्य महोत्सवको तयारीका लागि सहमहामन्त्री पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय समितिसमेत गठन गरिएको छ। जसमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, मीन विश्वकर्मा, डा. डिला संग्रौला, योगेन्द्र चौधरी, मदनबहादुर अमात्य, अब्दुल सत्तार, नैनसिंह महर, राजीव ढुंगाना, दिलमान पाख्रिन, प्रकाश रसाइली स्नेही, रंगमती शाही, हरिशरण नेपाली, प्रा. डा. गोविन्दराज पोख्रेल, नानु बास्तोला, नृपबहादुर वड, विद्यादेवी तिमल्सिना, सिता थपलिया (उर्मिला), इन्द्रबहादुर बानियाँ, दुर्लभ थापा, डा. शैलेन्द्र प्रकाश नेपाल, सन्ध्या पहाडी, सोझो गाउँले, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, तिर्थबहादुर थापा, गोकुल लिम्बू, पर्शुराम पोखरेल, राजेन्द्र पराजुली, प्रताप पौडेल, कृष्ण बानिया (सबुज), जीतेन्द्र श्रेष्ठ, तीर्थ श्रेष्ठ, श्रवण मुकारूङ, डा. नवराज लम्साल, डा. रत्नमणि नेपाल रहेका छन्। 

प्रकाशित: Sep 04, 2023| 19:10 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्