शनिबार, वैशाख २६, २०८३

जसपामा मधेस प्रदेश समितिका जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोकिए

जसपाले मधेस प्रदेशका ८ जिल्लामा संगठन सुदृढीकरणका लागि जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोकेको हो।
 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काठमाडौं– सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेश समितिका आठ वटा जिल्लामा इन्चार्ज र सह–इन्चार्ज तोकेको छ।

National life

जसपाले सप्तरी इन्चार्जमा बादलप्रसाद यादव र सह–इन्चार्जमा छेदी यादव, सिरहा इन्चार्जमा कौशलेन्द्र यादव र सह–इन्चार्ज विष्णुकुमार साहलाई तोकेको पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

यस्तै, धनुषा इन्चार्ज राजनारायण यादव र सह– इन्चार्ज शैलेन्द्रकुमार यादव, महोत्तरी इन्चार्जमा अशोककुमार यादव र सह–इन्चार्ज राजीवकुमार यादवलाई तोकिएको छ। 

सर्लाही इन्चार्जमा रामआशीष यादव र सह इन्चार्ज सञ्चमाया मोक्तान, रौतहटको इन्चार्ज चन्देश्वर महतो र सह इन्चार्ज राजकुमार दास, बारा इन्चार्जमा सिहासन सा कलवार तथा सह–इन्चार्ज सोहन शर्मा र पर्सा इन्चार्जमा अधदभूषण यादव र सह–इन्चार्जमा दीपक यादव रहेका छन्।

प्रकाशित: Sep 04, 2023| 16:13 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्