बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • वीपी साहित्य महोत्सव मनाउन पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय समिति

वीपी साहित्य महोत्सव मनाउन पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय समिति

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले यस वर्षको वीपी साहित्य महोत्सव  मनाउन पार्टीका सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा  ३७ सदस्यीय मूल तयारी समिति गठन गरेको छ। महोत्सवको तयारी तिव्रताका साथ अघि बढेको समितिले जनाएको छ।

यही भदौ २४, २५ र २६ गते वीपी साहित्य महोत्सव हुँदैछ। महोत्सव अन्तर्गत कविता, गजल, सांगीतिक, चित्रकला, वृत्तचित्र, ऐतिहासिक फोटो प्रदर्शनीलगायत १२ सत्रमा कार्यक्रम हुनेछन्।

वीपीको ११० औं जन्मजयन्तीको अवसरमा उनको विचारको राजनीतिलाई अघि बढाउन, वीपीको राजनीति, सामाजिक र साहित्यलाई अघि बढाउन तथा सिंगो राजनीतिलाई डोर्याउने उद्देश्य महोत्सव आयोजना गरिएको हो।
 

प्रकाशित: Sep 04, 2023| 15:30 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्