बुधबार, भदौ ३१, २०८३

'भारत र चीनले नेपालको स्वाधीनतामाथि प्रश्न उठायो'

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काठमाडौं- नेकपा एमालेकी सांसद दिलकुमारी रावलले छिमेकी मुलुक भारत र चीनले नेपालको स्वाधीनतामाथि प्रश्न उठाएको बताएकी छन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले छिमेकी देशहरुले नेपालको भूगोल र स्वाधीनतामाथि प्रश्न उठाएको बताएकी हुन्।

‘हाम्रा छिमेकी राष्ट्रहरुले हाम्रो स्वाधिनतामाथि, हाम्रो भूगोलमाथि अनेक कोणबाट प्रश्न उठाइरहेका छन्’ उनले अगाडि भनिन्, ‘चाहे भारतका सन्दर्भमा उठेका सवाल होस् चाहे चीनले नक्साको सन्दर्भमा उठाएका कुरा हुन्।’

भारतले आफ्नो नयाँ संसद भवनमा राखेको मुरल नक्सामा नेपालको भूगोललाई समेत समेटेको थियो। त्यस सन्दर्भमा नेपालमा विरोध हुँदै आएको छ।

प्रकाशित: Sep 04, 2023| 14:22 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्