बुधबार, साउन १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • क्याबिनेटबाट संघीय निजामती विधेयक पारित गरेर संसदमा पठाउँछौं : प्रधानमन्त्री दाहाल

क्याबिनेटबाट संघीय निजामती विधेयक पारित गरेर संसदमा पठाउँछौं : प्रधानमन्त्री दाहाल

 |  सोमबार, भदौ १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसदमा पेश गर्ने बताएका छन्। सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।

‘पहिला आवश्यक परिमार्जन गरेर अघि बढाउन ढिला भएको हो। संभवतः भोलिको मन्त्रीपरिषद्को बैठकबाट पारित गरेर सदनमा जान्छ,’ उनले भने।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्ले पारित गरेको शिक्षा ऐनमा बाहिरी चलखेल भएको आरोप सत्य नभएको पनि दाबी गरेका छन्।

उनले भने ‘बाहिरबाट दबाब आएर फेरेको कुरामा सत्यता छैन,’ मन्त्रिपरिषद्‌मा विधेयक प्रस्तुत हुँदा म आफैँले हेरेर यो ओरिजिनल भन्दा केही फरक ढंगले आयो यसको परिमार्जन गरेर लग्नुपर्छ भनेको दुई, तीन दिनपछि आन्दोलनको रूप देखिएको हो।’

प्रकाशित: Sep 04, 2023| 14:33 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्