शनिबार, वैशाख २६, २०८३

सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुग्यो

सीआईबीले रुपन्देहीका सुमन खरेललाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको हो। 
 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काठमाडौं– प्रहरीले त्रिभुवन विमानस्थल भन्सारबाट गत ३ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ।

National life

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रुपन्देहीका सुमन खरेललाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको हो।  खरेललाई नेपाल–भारत सीमाबाट पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याउने तयारी थालेको बुझिएको छ।

खरेलसहित ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ। सुरुमा राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्नको छानबिन गरे पनि सरकारले गत २१ साउन सीआईबीलाई जिम्मा दिएको थियो।

त्यसपछि सीआईबीले इन्टरपोलको सहयोगमा विभिन्न देशमा पुगेर तस्करी सुनको सूचना बटुलिरहेको छ।

प्रकाशित: Sep 04, 2023| 14:20 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्