शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिलाई चीन, अमेरिका भ्रमणबारे अवगत गराउन शीतलनिवास पुगे प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपतिलाई चीन, अमेरिका भ्रमणबारे अवगत गराउन शीतलनिवास पुगे प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले छिट्टै हुन लागेको आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी गराए।
 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

National life

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन्।

आज बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले छिट्टै हुन लागेको आफ्नो अमेरिका र चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। भेटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्ड ३० भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने कार्यतालिका छ। त्यसपछि प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाटै चीन भ्रमणका लागि बेइजिङ पुग्नेछन्।

प्रकाशित: Sep 04, 2023| 12:47 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्