शनिबार, वैशाख २६, २०८३

कोशी सरकारविरुद्धको रिट: पूर्ण इजलासबाट फैसला आउँदै

सर्वोच्चका न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासबाट कोशी सरकारविरुद्ध परेको रिटमाथि छिनोफानो हुने भएको हो।
 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको वैधानिकताविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट फैसला हुने भएको छ।सर्वोच्चका न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासबाट कोशी सरकारविरुद्ध परेको रिटमाथि छिनोफानो हुने भएको हो।

National life

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट पूर्ण इजलासमा सुनुवाइ भइरहेको हो। आइतबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुष्मलता माथेमाको इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

मुख्यमन्त्री थापाले ४ भदौमा सभा सञ्चालन गर्ने ज्येष्ठ सदस्यको हस्ताक्षरसहित प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै पूर्वमुख्यमन्त्री कार्कीले गत ६ भदौमा सर्वोच्चमा रिट दायर गरेका थिए।

७ भदौको प्रारम्भिक सुनुवाइमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्न÷नगराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो।

सभामुखविहीन प्रदेशसभामा विश्वासको मत लिँदा एमाले कोटाकी उपसभामुख काठमाडौं हिँडेपछि ज्येष्ठ सदस्य इस्माइल मन्सुरीले सभा सञ्चालनका साथै मुख्यमन्त्री थापाको सरकारलाई बहुमतका लागि हस्ताक्षर गरेका थिए।

प्रकाशित: Sep 04, 2023| 12:34 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्