शनिबार, वैशाख २६, २०८३

बालेनले हटाए विवादित फेसबुक स्टाटस 

नेपाल–भारतको एसिया कप क्रिकेट हेर्न श्रीलंका पुगेका बालेनले उतैबाट स्टाटस डिलिट गरेका हुन्।
 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन साहले शनिबार बेलुकी फेसबुकमा लेखेको विवादित स्टाटस डिलिट गरेका छन्।

National life

श्रीमती सविना काफ्ले र आफन्त सवार थिए मेयर बालेन चढ्ने ललितपुरको बालकुमारीतर्फबाट आउँदै गरेको गाडीलाई  शनिबार बेलुकी ट्राफिक प्रहरीले कोटेश्वरको सर्भिस लेनमा राती ९ बजे चेकिङका लागि रोकेपछि फेसबुकमार्फत सिंहदरबार जलाइदिने असभ्य स्टाटस लेखेका थिए।

बालेनको फेसबुक चेतावनी थियो– महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाइदिन्छु।

उनले फेसबुकमा लेखेका थिए, ‘आजका लागि केही भएन। भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’ 

आफ्नी श्रीमती चढेको महानगरको गाडीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेको रिसमा मेयर बालेनले फेसबुकमा उत्तेजक अभिव्यक्ति दिएका थिए।

नेपाल–भारतको एसिया कप क्रिकेट हेर्न श्रीलंका पुगेका बालेनले उतैबाट स्टाटस डिलिट गरेका हुन्। बालेनले कुनै प्रतिक्रियाबिना आज चुपचाप स्टाटस डिलिट गरेका हुन्। उनले आफ्नो अभिव्यक्तिलाई लिएर क्षमायाचनाचाहिँ गरेका छैनन्।

आइतबार मात्रै बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै महानगरको गाडी रोकिएको घटनाबारे प्रस्टीकरण दिएको थियो। तर, बालेनको स्टाटसबारे केही भनिएको थिएन।

प्रकाशित: Sep 04, 2023| 12:15 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्