सोमबार, असार २३, २०८२

कोशी सरकारविरुद्धको रिटलाई पूर्ण इजलासमा पठाइयो

 |  आइतबार, भदौ १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०

vianetvianet

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। 

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो। अब कम्तीमा तीनजना न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ। पूर्ण इजलासमा भोलिदेखि निरन्तर सुनुवाइ हुने भएको छ।

मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिँदा प्रदेश सभा बैठक अध्यक्षता फेरबदल गरी अध्यक्षता गरेकै प्रदेश सभा सदस्यले समेत मत दिएपछि एमाले संसदीय दलका नेतासमेत रहेका पूर्व मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन्।

यसअघि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाऊ आदेश जारी गरेका थिए।

प्रकाशित: Sep 03, 2023| 12:19 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्