सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डको अभिव्यक्तिप्रति प्रदीप ज्ञवालीको आक्रोश - अनुहार हेरेर निर्दोष सावित गर्ने तपाईं को ? 

प्रचण्डको अभिव्यक्तिप्रति प्रदीप ज्ञवालीको आक्रोश - अनुहार हेरेर निर्दोष सावित गर्ने तपाईं को ? 

 |  शनिबार, भदौ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

vianetvianet

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति आक्रोश पोखेका छन् । शनिबारदेखि बुटवलमा सुरु पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा उनले ‘ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित’ भएको भन्ने अभिव्यक्तिप्रति प्रश्न उठाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा ‘अब नेपाललाई कसैले तर्साउन नसक्ने’ बताएका थिए । ज्ञवालीले ‘ अनुहार हेरेर सुनपानी छर्र्किएर जनअदालतको अभ्यास फेरि सुरु गरिएको हो ?’ भन्दै प्रश्न गरे ।

'सामान्य टिप्पणी उठाउने खरदारलाई जेल कोचेर उहाँ जसले ललितानिवासको निर्णय गरे, उहाँहरूलाई सुनपानी छर्केर चोख्याउँदै हुनुहुन्छ । हिजो उहाँ कतै बोल्दै हुनुहुन्थ्यो– मेरो ठूलो टेन्सन सकियो, माधव नेपालजीको पनि टेन्सन सकियो,' ज्ञवालीले भने, 'ए, पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू, तपाईंहरूले फेरि एकचोटि जनअदालतको अभ्यास गर्न थाल्नुभएको हो ?'

उनले नेपालको अदालतले त्यस्तो नभन्ने बताउँदै ‘सुनपानी छर्कने तपाईं को हो ?’ भनी प्रश्न गरे ।

'नेपालको अदालतले त त्यस्तो भन्दैन । भर्खर अदालतमा मुद्दा दायर भएको छ । पैरवी हुन बाँकी छ । बहस, फैसला हुन बाँकी छ । तपाईं को हो, कसलाई सुनपानी छर्कने र कसलाई नछर्कने भन्ने ?,' उनको प्रश्न छ ।

प्रकाशित: Sep 02, 2023| 19:40 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्