मंगलबार, असार २४, २०८२

बीआरआई कार्यान्वयनमा सभामुख घिमिरेको जोड

 |  शनिबार, भदौ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

vianetvianet

काठमाडौं- सभामुख देवराज घिमिरेले चीनसँग भएको बीआरआइ सम्झौता कार्यान्वयनमा जोड दिएका छन्। उनले बीआरआईलाई मुलुकले आफ्नो हित हुने गरी लाभ लिनुपर्ने  बताएका छन्। ‘फाउण्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज’ले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा  उहाँले ठूला राष्ट्रको प्रभावलाई सन्तुलनमा राख्दै यसबाट प्रतिस्पर्धात्मक लाभ लिनुपर्ने बताए। 

सभामुख घिमिरेले छिमेकी राष्ट्रहरुले गर्ने सहयोगलाई आफ्नो मुलुकले राष्ट्र हित हुने गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए। अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यक्रमलाई सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यसबाट फाइदा कसरी लिन सकिन्छ त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। 

सभामुख घिमिरेले भने, 'ठूला राष्ट्रहरुको प्रभावलाई सन्तुलनमा राख्दै आउने अवसरलाई मुलुकको आर्थिक विकाश र जनताको अत्मनिर्भर बन्ने बाटोमा लगाउनुपर्छ।' नेपालले यी दुवै कार्यक्रमबाट नेपाली जनताको हितमा कसरी जाने ? राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै दुवै मुलुकबाट फाइदा कसरी लिन सकिन्छ भन्ने कुरालाई ध्यानदिनुपर्ने बेला आएको सभामुख घिमिरेले बताए। 
    
कार्यक्रममा नेपालका लागि चीनका राजदूत छन् सोङले नेपालको आर्थिक विकासमा चीन सधैँ साथमा रहने बताउनुभयो। उहाँले नेपालको आर्थिक विकासमा कृषि, उद्योग, प्रविधिलगायत क्षेत्र महत्वपूर्ण रहेकाले यी क्षेत्रको विकासमा चीनको सहयोग सधैँ रहने बताए।

प्रकाशित: Sep 02, 2023| 19:20 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्